भ्यालेन्टाइनका बारेमा केही रोचक प्रसंग

काठमाडौं । अहिले विश्वभर युवा युवतीले विशेष महत्वका साथ मनाउने भ्यालेन्टाइन डे अर्थात प्रणय दिवासका बारेमा विभिन्न किम्बदन्ती पाइन्छ । यो दिवसको सुरुवात प्राचिन रोमनबाट सुरु भएको हो ।

मध्य युगमा इंग्ल्याण्ड र फ्रान्समा १४ फेब्रुअरीका दिनदेखि चराले आफ्नो जोडीको खोजी गर्न सुरु गर्ने तथा प्रेममा लिप्त भएर सम्भोग गर्छन् भन्ने धारणा थियो ।

यस्तै प्राचिन रोमनमा महिला र विवाहकी देवीलाई सम्मान गर्दै यो दिन उत्सव मनाउने गरिन्थ्यो भन्ने किम्बदन्ती छ । यी यस्तै धेरै किम्बदन्तीको संयुक्त प्रभावबाट प्रेम दिवासको सुरुवात भएको हो ।

भ्यालेन्टाइन डेको केही रोचक प्रसंग
– भ्यालेन्टाइन डेको तयारीका लागि हरेक वर्ष करिब २५ करोड गुलाब उत्पादन गरिन्छ ।
-भ्यालेन्टाइन डे कार्ड पठाउनका लागि वर्षको दोस्रो सबैभन्दा लोकप्रिय दिन हो। क्रिसमस पहिलो सबैभन्दा लोकप्रिय छ ।

-भ्यालेन्टाइन डेका लागि प्रेमीहरुले विश्वभर ५ करोडभन्दा बढी गुलाफ आदानप्रदान गर्ने गर्छन् ।
-प्रत्येक वर्ष लगभग १ अर्ब भ्यालेन्टाइन डे कार्डहरू आदानप्रदान गरिन्छ।

-भ्यालेन्टाइन डेमा विश्वका सरदर २ लाख २० हजार जनाले विवाहका लागि प्रस्ताव राख्ने गरेका छन् । भ्यालेन्टाइन नाम ल्याटिन भाषाको शब्दबाट आएको हो जसको अर्थ वीरता हो।

-भ्यालेन्टाइन डेका लागि ३ करोड ५० लाखभन्दा बढी मुटुआकारका चकलेटका बाकस बिक्री हुनेछन् ।

-भ्यालेन्टाइन डेमा कम्तीमा ९० लाख मानिसले आफ्नो घरपालुवा जनावर उपहार स्वरुप किन्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here