कपिलवस्तुमा बस दुर्घटना, १० जनाको मृत्यु, ३० घाइते

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ सुरही पुल नजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको सु प प्र ०२-००१ ख ००९८ नम्बरको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको हो ।

राति २ बजेतिर भएको दुर्घटनामा परि ३० यात्रु घाइते भएका छन् । त्यसमध्ये ९ जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको छ । अरु घाइतेको चन्द्रौटामै उपचार भइरहेको छ ।

काठमाडौ आउँदै गरेको सुनौलो महाकाली यातायातको बस राति २ बजेतिर सडकबाट २०० मिटर तल खसेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन प्रदेश कार्यालय बुटवलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here