आईसीसी क्रिकेट विश्वकप लिग–२, टस हारेपछि नेपाल ब्याटिङमा

काठमाडौं । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत पहिलो खेलमा नामिबियासँग पहिले ब्याटिङ गर्ने भएको छ । टस हारेको नेपाललाई नामिवियाले ब्याटिङको निम्तो दिएको हो ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिए । नेपालले पहिलो खेलमा राष्ट्रिय टिममा पुनरागमन गरेका अनिलकुमार शाहलाई मौका दिएको छ ।

क्यानडासँगको सिरिजमा उत्कृष्ट ब्याटिङ गरेका शाह प्लेइङ–११ मा परेका छन् । आजको खेलमा आरिस शेख र देब खनाल बेन्चमा छन् । २०२७ सम्म चल्ने लिग-२ मा नेपालसहित ८ टोली सहभागि छन् । पहिलो सिरिजमा नेपाल, नामिबिया र नेदरल्यान्यड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाली टीम

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, पवन सर्राफ, भीम सार्की, अनिल कुमार शाह, गुलशन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी

बेन्च : दीपेन्द्रसिंह ऐरी, देव खनाल, सूर्य तामाङ र आरिफ शेख

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here