इथोपिया बन्यो पट्रोल तथा डिजेल गाडी प्रतिबन्ध गर्ने विश्वमै पहिलो देश

काठमाडौं । अफ्रिकी मुलुक इथियोपियाले पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाएर दिगो यातायतको दिशामा आफुलाई अगाडी बढाएको छ । यससँगै इथोपिया विश्वमै पेट्रोलियम गाडीमाथि प्रतिबन्ध लगाउनेपहिलो देश बनेको छ ।

इथियोपियाको यातायात मन्त्रालयले हालै पेट्रोलियम गाडीलाई देशमा नभित्र्याउने निर्णय हो । देशले विदेशी मुद्रा सीमित गर्न र हरित ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यसहित यस्ते निर्णय गरेको बताएको छ ।

सरकारले यो निर्णय लिनुको पछाडि पेट्रोलियम पदार्थ किन्ने डलर संचिति नहुनुलाई मुख्य कारण मानिएको छ । इथोपीया पनि नेपाल जस्तै पेट्रोलियम पदार्थमा पूर्ण परनिर्भर देश हो ।

सरकारको पेट्रोल कार आयात प्रतिवन्ध गर्ने निर्णयसँगै अफ्रिकी मूलूकले यूरोपियनहरुलाई समेत पछाडि पारेको हो ।

कुन मितिबाट गाडीको आयात पूर्ण प्रतिबन्ध लाग्छ भन्ने विषयमा अहिले केही खुलाईएको छैन । तथापि, इथोपीयन सरकारको यो निर्णयसँगै हुन्डाई, निसान, इसुजु र फक्सवागेन जस्ता पेट्रोल गाडी एमेम्बलीङ गरिरहेका ब्राण्डहरुलाई भने समस्या पर्ने देखिएको छ ।

अहिले इथोपीयाले वार्षिक ६ विलियन डलर पेट्रोलियम पदार्थ आयातमा खर्च गर्दै आएको छ । अब त्यहाँ नविकरणीय उर्जा र विद्युतबाट चल्ने कारहरु मात्रै चलाउने योजना सरकारले अगाडि सारेको हो । त्यसको लागि ईभी इको सिस्टम निर्माण गर्ने घोषणा गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here