काठमाडौं । आईसीसी विश्वकप लिग २ को पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध १३३ रनको झिनो लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्ने निम्तो पाएको नेपाल ४१ ओभर १ बलमा १३२ रनमा समेटियो ।
नेपालले घरेलु मैदानमा बनाएको यो अहिलेसम्म कै कम योगफल हो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रन बनाए ।
गुल्सन झा २१, करण केसीले १६, कुशल मल्ल १५, पवन सर्राफ १२, अनिल शाह ८, आसिफ शेख ४, सोमपाल कामी २, कप्तान रोहित पौडेल १, कुशल भुर्तेल शून्य रनमा आउट भए ।
नामिबियाका लागि कप्तान जेरार्ड इरास्मसले सर्वाधिक ५ विकेट लिए ।
























