आईसीसी विश्वकप लिग–२: नेपाल घरेलु भूमिमा नामिबियासँग पराजित

काठमाडौं । नामिबियासँग पराजित हुँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज हारबाट सुरुवात गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलब १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

नामिबियाको जितमा जान फ्रालिंकले ३४, जान निकोलले ३१, माइकल भानले २३, निकोलस डेभिनले १५ रन बनाउँदा जेजे स्मित १७ रनमा अविजित रहे।

नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले एक विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङमा आएको नेपाल ४१ दशमलब १ ओभरमा १ सय ३२ रनमा अलआउट भएको थियो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान गरे। गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here