निर्वाचन आयोगको १५ बुँदे निर्देशन-‘निर्वाचितले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनू’ (पूर्णपाठ)

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ । बिहीबार बसेको आयोगको बैठकले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको हो ।

‘ राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५३ बमोजिम केन्द्रीय समितिका पदाधिकारी र सदस्यमा निर्वाचित भएको व्यक्तिले निर्वाचित भएको ६० दिनभित्र आफ्नो चल तथा अचल सम्पत्तिको विवरण सिलबन्दी गरी दलको केन्द्रीय कार्यालय समक्ष पेस गर्ने र दलले त्यसको अभिलेख राखी सम्पत्ति विवरण पेस गर्ने,” आयोगले दलहरूलाई निर्देशन दिएको छ ।

यस्तै, दलले आफ्नो नाम, विधान, नियम, छाप, झन्डा वा चिह्नमा भएको परिवर्तन वा संशोधन वा पदाधिकारीको हेरफेर भएका विषयको जानकारी पनि ३० दिनभित्र आयोगलाई दिनुपर्ने निर्देशनमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here