निरन्तर ओरालोतर्फ शेयर बजार, साताको दोस्रो दिनपनि १६ अंकले घट्यो नेप्से

काठमाडौं, ३० भदौ । शेयर बजार ओरालो लाग्ने क्रम यो सातापनि निरन्तर रहिरहेको छ ।

आइतवार १८.८७ अंकले घटेको नेप्से परिसूचक सोमवार पनि १६.१८ अंकले घट्यो ।

सोमवार नेप्से परिसूचक १६.१८ अंकले घटेर १ हजार १ सय २३.८३ अंकमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४२ प्रतिशत कम हो ।

सोमवार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स ३.६६ अंकले घटेर २ सय ४६.३५ अंकमा झरेको छ । यो संख्या कारोबार भएको अघिल्लो दिनको तुलनामा १.४६ प्रतिशतले कम हो ।

सोमवार १ सय ६९ कम्पनीको १२ लाख ४८ हजार ४ सय ९ कित्ता शेयर किनबेच हुँदा ३४ करोड ३९ लाख १८ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

सोमवार सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनका शेयर धनीले कमाए । साल्ट ट्रेडिङको शेयर मूल्य ३.९८ प्रतिशतले बढ्यो ।

त्यस्तै, एनएमबी लघुवित्त वित्तीय संस्थाको २.२९ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा नेशनल लाइफ इन्स्योरेन्सका शेयर धनी रहेका छन् । नेशनल लाइफको शेयर मूल्य ७.०९ प्रतिशतले घट्यो ।

त्यस्तै, साइनर्जी पावरको ६.०६ प्रतिशत, आईएमई जेनेरल इन्स्योरेन्सको ५.७३ प्रतिशतले घट्यो भने अन्य समुहको सामान्य अंकले घट्यो ।

सोमवार सबैभन्दा धेरै कारोबार गर्नेमा छिमेक लघुवित्त वित्तीय संस्था रहेको छ । छिमेक लघुवित्तले १ करोड ८० लाख १९ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here