ललिता निवास प्रकरण: भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर

काठमाडौं । बालुवाटार जग्गा प्रकरणमा गैरकानूनी लाभ लिएको ठहर गर्दै विशेष अदालतले भाट भटेनीका सञ्चालक मीनबहादुर गुरुङलाई २ वर्ष कैद र ८० लाख जरिवानाको सजाय सुनाएको छ ।

विशेषले गुरुङसहित बालुवाटारको जग्गा आफ्नो नाममा पारेको घटनामा दोषी ठहर गर्दै २ वर्ष जेल सजाय सुनाउने फैसाल गरेको हो। विशेष अदालतका न्यायाधीशत्रय खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले यस्तो फैसला सुनाएको हो। यो मुद्दा यसअघि सबैभन्दा बढी धरौटी तिरेर भाटभटेनी सञ्चालक मीनबहादुर गुरुङ छुटेका थिए।

तर विशेषले २०७७ माघ २१ गते २ करोड धरौटी माग गरेपछि छुटेका मीनबहादुर अन्तिम फैसलामा दोषी ठहर भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here