पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो, ग्यासको यथावत

काठमाडौं । नेपाल आयल निगमले फागुन ४ गते शुक्रबारबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको छ । इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरीद मूल्यअनुसार इन्धनको मूल्य समायोजन गरिएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा रु. १७२ प्रतिलिटर पुगेको छ । सीमाबाट निकट स्थानमा भने प्रतिलिटर रु. ३ सस्तो पर्न जानेछ ।

त्यसैगरी, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६० रुपैयाँ पुगेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here