जनक शिक्षा सामग्रीमा जागिर खुल्यो, नवौँदेखि पाँचौं तहसम्म दरखास्त माग

काठमाडौं । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमामा विभिन्न पदका लागि दरखास्त आह्वान गरिएको छ।

केन्द्रले आज एक सूचना जारी गर्दै रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि नवौँदेखि पाँचौं तहसम्मका रिक्त पदमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले केन्द्रको वेबसाइटमार्फत फाराम डाउनलोड गरेर आवश्यक विवरण गरी केन्द्रको कार्यालयमा आवेदन पेश गर्न सक्नेछन् । आवेदन फागुन २४ भित्र बुझाउनुपर्ने केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here