भौतिकमन्त्री ज्वालालाई बर्खास्त गर्न एमाले, राप्रपा र रास्वपाको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरेको छ ।

इपिएस परीक्षाको विषयमा ललितपुरको बालकुमारीमा दुई युवाको ज्यान जानेगरी भएको घटनामा मन्त्री ज्वाला दोषी देखिएको त्यो विषयमा गठित जाँचबुझ आयोगले नै निष्कर्ष निकालीसकेको भन्दै मन्त्रीलाई बर्खास्त गर्न रास्वपाले माग गरेको हो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै रास्वपाका सभापति रवि लामिछानेले मन्त्री ज्वालालाई जोगाउने कि कारबाही गर्ने भन्नेमा प्रधानमन्त्रीको आजकै बैठकमा परीक्षा हुने बताए । जाँचबुझ आयोगले ज्वालालाई प्रमुख जिम्मेवार ठहर गरिसकेकाले पदमा बसिरहन नमिल्ने उनको भनाइ छ ।

यस्तै बैठकमा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले आयोगले मुख्य दोषी भनेर किटान भएको २८–३० घण्टा बित्दा पनि ज्वाला मन्त्रीमै बहाल रहिरहेको भन्दै आपत्ति जनाएका छन् । उनले प्रधानमन्त्रीले ज्वालालाई बर्खास्त गरेको सूचना अहिलेसम्म नदिएको भन्दै दोषीले कुनै पनि हालतमा उन्मुक्ति पाउन नहुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here