नेपाल ‘ए’ ले क्यानडा–११ लाई दियो २१७ रनको लक्ष्य, बसिरको अर्धशतक

काठमाडौं । एकदिवसीय क्रिकेटमा नेपाल एले क्यानडालाई २१७ रनको लक्ष्य दिएको छ ।

आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपाल ‘ए’ निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २१६ रनको योगफल खडा गर्‍यो ।

नेपालका लागी बसिर अहमदले अर्धशतक गरे । उनी ५० रनमा अविजित रहे । रसिद खान ४०, मायन यादव ३५, सन्दीप जोरा १४, किरण ठगुन्ना २५, विवेक यादव २१, कप्तान विनोद भण्डारी ५, प्रतिश जिसी ४, र अर्जुन कुमाल ४ रन बनाएर आउट भए ।

शाहव आलम २ रनमा अविजि रहे । बलिङमा क्यानडाका कप्तान साद बिन जफर सर्वाधिक ३ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here