नियामकले राम्रो छ भन्दाभन्दै एनआईसीबारे किन गरियो दुष्प्रचार ?

काठमाडौं । पछिल्ला दिनमा बजारमा एनआईसी एसिया बैंकको बारेमा फैलिएको नकारात्मक हल्ला सत्य नभएको नेपाल राष्ट्र र्बैंकका अधिकारीहरुले बताएका छन् ।

बैंकका बारेमा बजारमा फैलिएको हल्ला सत्य नभएको र अहिलेकै अवस्थामा नागरिकको बचत सुरक्षित रहेको उनीहरुले दाबी गरेका छ्न् ।

‘बैंकका सबै स्रूचकहरु ठिक छन्, हाल सञ्चालनमा रहेका वाणिज्य बैंकहरुमध्ये तत्काल डुब्ने अवस्थामा कुनै पनि छैनन,’ स्रोतले भन्यो, ‘यसकारण बचत सुरक्षित छैन कि भनेर नागरिक चिन्तित हुनु पर्दैन ।’

यस्तै, केही दिन अघि दुर्गा प्रसाईलगायतले एनआईसी एसिया बैंकको अवस्था ठिक नभएको चर्चा गरेपछि केही बचतकर्ताले आफ्नो निक्षेप झिक्न थालेका थिए ।

सो क्रम हाल रोकिएको बैंक स्रोतले बताएको छ । यो प्रक्रिया बढ्न नदिन र बचत कर्तालाई ढुक्क हुन बैंकले आग्रह पनि गरेको छ ।

एनआईसी एशियाले भन्यो- ‘सबै वित्तीय सूचकहरूमा हामी अब्बल छौँ’

कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा उत्कृष्ट रहको एनआइसी एशियाको दाबी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here