कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा उत्कृष्ट रहको एनआइसी एशियाको दाबी

काठमाडौं । एनआइसी एशिया बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तरमा आफू उत्कृष्ट रहेको दाबी गरेको छ । पछिल्लो समय बैंकको कर्जा बारे संचारमाध्यमा आइरहेको समाचारप्रति गम्भीर आपत्ति जनाउँदै एनआइसीले आफ्नो व्यवसायमा कुनै समस्या नरहेको स्पष्ट पारेको हो ।

‘बैंकको संस्थागत सुशासन, कर्जाको गुणस्तर, कर्जा असुलीको अवस्था लगायत सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँग सम्बन्धित विषयमा प्रकाशित समाचारहरू पूर्णरुपमा कपोकल्पित तथा असत्य रहेको व्यहोरा स्पष्ट पार्दछौं,’ बैंकद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।

बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये उत्कृष्ट मध्येमा पर्दै आएको बैंकले जानकारी गराएको छ ।

कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा यस बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको एवम् बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट हुँदै आएको बैंकको दाबी छ ।

संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा एनआइसी सबै सरोकारवालाको पहिलो रोजाइमा परेको बैंकको भनाइ छ ।

बैंक भित्र सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असझदारी नरहेको र सधैं एकताबद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसाबले कर्मले अहोरात्र खटिरहेको बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here