‘सांसदसँग प्रश्नोत्तर’- सदनमा कुन सांसदले के सोधे, प्रधानमन्त्रीले के भने ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई कुर्सी हल्लिने डर नभएको बताएका छन्। प्रतिनिधिसभामा भइरहेको ‘सांसदसँग प्रश्नोत्तर’को जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्।

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले कुर्सी हल्लिने डरले भ्रष्टाचारमा मुछिएका ठूला मान्छेबारे अनुसन्धान अघि नबढेको भन्दै प्रश्न गरेका थिए।

नक्कली भूटानी प्रकरण, ललिता निवास लगाएतका प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान गरेको उनको भनाइ छ । भारतीय दूतावासलाई २० करोडसम्मको आयोजनामा सोझै लगानी गर्ने विषयमा यससम्बन्धी आयोजना प्रदेश र स्थानीय तहबाट प्राप्त आयोजना मागको आधारमा सम्बन्धित मन्त्रालयले सिफारिस र प्राथमिकीकरण गरेरमात्र भारत सरकारमा पठाइने जिकिर गरे ।

प्रधानमन्त्री-सांसदको प्रश्नोत्तरको पूर्णपाठ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here