लिग-टुमा: नेपाल र नामिबिया दोस्रो पटक भिड्दै, नेपाललाई बदला लिने अवसर

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-टुमा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा हुने खेल बिहान साढे ९ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपाल लगातार दोस्रो जित हात पार्ने लक्ष्यमा छ । पहिलो खेलमा घरेलु टोली नामिबियासँग ४ विकेटले पराजित भएको थियो । आज नेपालसामु सोही हारको बदला लिने अवसर छ ।

दोस्रो खेलमा बलियो नेदरल्यान्ड्समाथि नौ विकेटको जित हात पार्दै नेपालले सानदार पुनरागमन गरेको छ । नामिबियाले यसअघिको खेलमा डच टिमसँग ७ विकेटको हार बेहोरेको थियो । त्यसैले उसका लागि पनि यो खेल महत्त्वपूर्ण छ ।

हालसम्म अंक तालिकामा तीन वटै टोलीले समान दुई-दुई अंक बटुलेका छन्। तर नेट रनरेटका आधारमा नेपाल शीर्ष स्थानमा छ।

यस त्रिदेशीय शृङ्खलामा नेपाल र नामिबिया सहित नेदरल्यान्ड्स समेत सहभागी छ। यस बाहेक समग्र लिग-२ प्रतियोगितामा भने क्यानडा, ओमान, स्कटल्यान्ड, यूएई र अमेरिका समेत गरी आठ टोली सहभागी छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here