स्वयम्भू घटना: श्रीमती र दुई छोरीको हत्या, जंगलमा श्रीमान् गरे आत्महत्या !

काठमाडौं । स्वयम्भूमा मृत अवस्थामा फेला परेका तीनजनाको हत्या भएको प्रहरीले प्रारम्भिक आशंका गरेको छ।

उनीहरूको घरेलु हतियार प्रहार गरी हत्या गरेको प्रहरीको आशंका छ। मृत्यु हुनेमा ओखलढुंगा घर भई उक्त घरमा डेरा गरी बस्ने ३९ वर्षीया ईश्वरी श्रेष्ठ, उनकी ८ वर्षीया छोरी अनिशा श्रेष्ठ र २ वर्षीया छोरी शिवानी श्रेष्ठ छन्।

सोलुखुम्बुका ‘राजु घिमिरे’ भन्ने राजु विश्वकर्माले सीतापाइलामा एक घरको कोठामा श्रीमती र दुई छोराछोरीको हत्यापछि नजिकको जंगलमा गएर आत्महत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।

उनी पनि सितापाइला नजिकैको जंगलमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीस्रोतले बतायो। ईश्वरी राजुकी श्रीमती र अनिशा छोरी रहेको खुलेको छ । शिवानी भने राजुका भतिजाकी छोरी रहेको बुझिएको छ। राजुले घर बनाउने काम गर्दै आएको पाइएको छ ।

तर के कारणले हत्या गरिएको र आत्महत्या भन्ने कुनै जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here