दिमागमा चिप राखिएको विरामीले सोचेरै चलाए माउस

काठमाडौं । दिमागमा चिप प्रत्यारोपण गरिएको विरामीले सोचेकै भरमा कम्प्युटरको माउस चलाएको एलन मस्कले बताएका छन् । मस्कको ब्रेन इन्टरफेस कम्पनी न्यूरालिंकले जनवरी २०२४ मा आफ्नो पहिलो मानव रोगीमा सफलतापूर्वक ब्रेन चिप प्रत्यारोपण गरेको थियो ।

सोहि बिरामीले सोचेर माउस चलाएको सोमबार आफ्नो सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै उनले यस बारे जानकारी दिएका हुन् । मस्कले बिरामीले माउसलाई नियन्त्रण गर्न सक्षम भएको बताए । बिरामीले सकेसम्मसोचेर धेरै बटन थिचुन भन्ने उद्देश्यसहित हाल काम भइरहेको समेत बताइएको छ ।

कम्पनीले सेप्टेम्बरमा मानवमाथि परीक्षण गर्ने स्वीकृति प्राप्त गरेपछि गत महिना मानिसको दिमागमा कम्प्युटर चिप प्रत्यारोपण गरेको थियो । ती बिरामीको रोबोटको सहयोगमा सर्जरी गरेर दिमागमा ब्रेन(कम्प्युटर इन्टरफेस प्रत्यारोपण गरिएको हो ।

मस्कले गत महिना कम्पनीले मानव परीक्षणको विषयमा आफ्नो पहिलो प्रत्यारोपण सर्जरी पूरा गरेको बताएका थिए ।

गत वर्ष यसको चिप प्रत्यारोपण र मानव मा सर्जिकल उपकरणको सुरक्षा र कार्यक्षमता को अध्ययन गर्न को लागी अनुमोदन प्राप्त गरेको थियो।रोबोटले स्थापना गरेको यो चिपले मस्तिष्कका संकेतहरू रेकर्ड गरेर एपमा पठाउनेछ र प्रारम्भिक लक्ष्य भनेको मानिसहरूलाई उनीहरूको विचारहरूको प्रयोग गरेर कम्प्युटर कर्सर वा किबोर्ड नियन्त्रण गर्ने क्षमता प्रदान गर्नु हो ।

अहिले न्यूरालिंक प्रत्यारोपणको लागि आवश्यक काम निकै तीव्र गतिमा चलिरहेको छ। मस्कले क्लबहाउसमा एक अन्तर्वार्तामा न्यूरालिंक बाँदरको मस्तिष्कमा वायरलेस प्रत्यारोपण गरिएको खुलासा गरेका थिए। त्यसपछि बाँदरले आफ्नो दिमागको सहारामा भिडियो गेम खेलेको थियो। यसअघि यो चिप सुँगुरको मस्तिष्कमा पनि प्रत्यारोपण गरेर परीक्षण गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here