बेखबर बनेका १८ प्रहरीलाई ७ दिनभित्र हाजिर हुन निर्देशन

काठमाडौं । लामो समयदेखि बिना जानकारी कार्यालयमा हाजिर नभएका १८ जना प्रहरीहरूलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालय नक्सालले निर्देशन दिएको छ।

प्रहरी प्रधान कार्यालयले आज (फागुन १० गते) सूचना जारी गर्दै गैर हाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन आग्रह गरेको छ । तोकिएको समयभित्र पनि हाजिर हुन नआएमा सेवाबाटै हटाउने चेतावनी प्रहरी प्रधान कार्यालयले दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here