‘विदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें’ योजनाको उपहार हस्तान्तरण

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले काठमाडौं स्थित म्यारिएट होटलमा “बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔें ”योजनाको उपहार हस्तान्तरण गरेको छ ।

“बिदेशबाट सिटी पठाऔं, पठाको भन्दा १० गुणा बढी पाऔं” योजना अन्तर्गत मेगा बम्पर उपहार साउदी अरब बाट रेमिटान्स पठाउने राजु तामाङलाई ५ लाख ३० हजार ७५० रुपैयाँ र कोरियाबाट रेमिटान्स पठाउने सुबाश लिम्बुलाई १ लाख हस्तान्तरण गरिएको हो ।

उक्त कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका साझेदार साउदी स्थित टेलिमनी बैंकबाट फाहाद अब्दुल्लाह अल्जोवैद, नेपाली चर्चीत हास्य कलाकार साथै सिटी एक्स्प्रेस मनी ट्रान्सफरका ब्राण्ड एम्बेसडर जितु नेपालको उपस्थिती रहेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले गत असोज १५ देखी मङ्सिर १५ गतेसम्म दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै उपहार योजना घोषणा गरेको थियो ।

सोही योजना अन्तर्गत लक्की ड्र मार्फत हरेक महिना १ जनालाई जनही १ लाख, हरेक हप्ता ५ जनालाई जनही २५ हजार साथै ६१ दिन लगातार हरेक दिन १०० जना विजेताहरुलाई जनही ५०० रुपैयाँको वालेट टप् अप् र अन्त्यमा एक जना भाग्यशाली बम्पर बिजेताले आफुले पठाएको रकमको १० गुणा बढी रकम पाउने योजनामा रहेको थियो ।

जसअन्तर्गत ६ हजार १०० जनाले दैनिक उपहार (५०० रुपेयाँको वालेट टप् अप ) , ४५ जनाले साप्ताहिक उपहार ( जनही २५ हजार ) र २ जनाले मासिक उपहार (जनही १ लाख ००० ) जित्न सफल भईसकेका छन् ।उक्त योजना असोज १५ देखी मङ्सिर १५ गते सम्म चलेको थियो ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १७ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । हालै सिटी एक्सप्रेस मनी ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here