कारभित्र लुकाएर ल्याउँदै गरेको ११६ किलो गाँजासहित एकजना पक्राउ

काठमाडौं । सर्लाहीमा ११६ किलो गाँजासहित एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले निजी कारमा लुकाई छिपाई गाँजाको प्याकेटसहित एक जनालाई पक्राउ गरेको हो।

गाँजा बरामद भएपछि कार चालक पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका-११ का ३० वर्षीय सूर्य परियारलाई पक्राउ प्रहरीले जनाएको छ ।

बागमती प्रदेश ०१-०२६ च ५१५९ नम्बरको कार चेकजाँचका क्रममा त्यसमा १० पोका रिफाइन गाँजा बरामद भएको सर्लाही प्रहरी प्रमुख एसपी दयानिधी ज्ञवालीले जानकारी दिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here