थापाथलीस्थित प्रसूति गृह परिसरबाट २६ दिने बच्चा चोरी

काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरी भएको छ । शुक्रबार दिउँसो १२ बजेतिर काभ्रे घर भई काठमाडौं बस्दै आएकी एक जना महिलाको २६ दिने छोरी चोरी भएको हो ।

पार्किङ क्षेत्रमा भेटिएर एकछिन गफिएका एक अपरिचितलाई बच्चा छाडेर रिपोर्ट लिन गएकी थिइन्। आउँदा बच्चा र ती व्यक्ति नभएको जानकारी उनले प्रहरीलाई दिएकी छिन्।

अस्पतालको सीसीटीभीबाट हेर्दा बच्चालाई लिएर अपरिचित व्यक्ति बाहिरिएको देखिएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले ती महिलाको खोजी गरिरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here