सीसी क्यामराको फुटेजमा देखिइन् शिशु चोर्ने महिला, बोकिदिन्छु भनेर लगेकी थिइन् नाबालिका

काठमाडौं । प्रहरीले थापाथलीस्थित परोपकार प्रसुति गृह तथा स्त्री रोग अस्पतालबाट शिशु चोर्ने महिलाको खोजी थालेको छ ।

अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले शिशु लिएर हिँड्दै गरेको सीसी टीभीमा देखिएको छ । २६ दिने नाबालिकाको फलोअप उपचारका लागि बूढानीलकण्ठ नगरपालिका-१२ की २२ वर्षीया सविना श्रेष्ठ जेठानीसहित प्रसूतिगृह आएकी थिइन्।

जन्डिसकी बिरामी शिशुको उपचारका लागि अस्पताल आइपुगेका देउरानी-जेठानी डाक्टरको पालो कुर्ने लाइनमा थिए। त्यही बेला लाइनमै रहेकी अर्की महिलाले म बोकिदिन्छु भनेपछि आमाले दिएकी थिइन्। त्यसपछि उनी शिशुसहित गायब भएकी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here