दोहोरो अंकले घट्यो नेप्से, ३ अर्ब ८ करोडको कारोबार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक २६.८१ अंकले घटेर १९७९.२ विन्दुमा झरेको हो ।

यसदिन ३१७ कम्पनीको ३ अर्ब ८करोड ६९ लाख ५१ हजार ७० रुपैयाँ बराबरको ८५ लाख ४६ हजार ९३० कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये फाइनान्स र उत्पादनमूलक बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक १.४० प्रतिशतले बढेको छ भने हाइड्रोपावर समूह २.४२ प्रतिशतले घटेको छ ।

आज पनि सन नेपाल लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । गत वर्षको नाफाबाट २५.०५ प्रतिशत लाभांश घोषणा गरेको यस कम्पनीको २५ करोड १८ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।

घट्दो बजारमा पनि आज बोटलर्स नेपाल बालाजुको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका शेयर धनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् । आज समाज लघुवित्त र मोलुङ हाइड्रोपावरका शेयरधनीले भने सर्वाधिक १० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here