घरेलु मैदानमै नेपालको तेस्रो हार, नेदरल्यान्ड्ससँग ८ विकेटले पराजित

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अनतर्गत घरेलु मैदानमै भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्याण्ड्ससँग ८ विकेटले पराजित भएको छ ।

त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङको जिम्मा पाएको नेपालले केवल एक सय ७३ रनको लक्ष्य दिएको थियो । नेदरल्यान्ड्सले ३८. ५ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

नेदरल्यान्ड्सका लागि अविजित रहँदै विक्रम जित सिंहले ५८ र साइब्रान्द इंगलबेच्ट ४६ रन बनाए । यी दुईबीच एक सय २ रनको साझेदारी भयो । लिग २ मा नेपालको यो तेस्रो हार हो । यसअघि नेपाल नामिबियासागको दुवै खेलमा पराजित भएको थियो । नेपालका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here