गलौदीमा बाटो मर्मत सुरु, राजमार्ग सूचारु हुन कम्तिमा ८ घण्टा लाग्ने

२४ असोज, काठमाडौं । पृथ्वी राजमार्गको गलौदी (गजुरी नजिक काठमाडौंतर्फ) सडक भासिएकोले पृथ्वी राजमार्ग अवरुद्द छ । गलौदीमा नदी तर्फ त्रिशुलिले कटान गरी सडक भासिएको हो । भित्र पट्टि स्थानीय सडक रहेको छ ।

सो स्थानीय सडक काटी भित्तो कटान गर्नुपर्ने देखिएको छ । यसअघि यहाँ स्थानीय निकायबाट अबरोध भएकाले थियो । सो अवरोध हटाएर अहिले सडक मर्मत सुरु गरिएको सडक विभागले जनाएएको छ । अवस्था सामान्य रहे करिब ८ घन्टामा यातायात सुचारू हुनेछ । दशैंको समयमा भएको राजमार्गको क्षतिले हजारौं नागरिकले सास्ती भोग्नु परेको छ ।