नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित

काठमाडौँ, २४ असोजः नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित भए । छ हजार ५८४ मतका साथ उनी विजयी भए । निर्वाचन संयोजक प्रेमबहादुर खड्काका अनुसार प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । निर्वाचनमा सात हजार १३ जनाले मतदान गरेका थिए ।