जहाज चढ्ने कालिकोटेको ४० वर्ष अगाडी देखियो सपना पुरा, सुनथराली विमानस्थल आज उद्घाटन हुँदै

काठमाडौं । जहाज चढ्ने कालीकोटे जनताको ४० वर्षदेखिको सपना पुरा हुने भएको छ । जिल्लाको सुनथराली विमानस्थलमा आइतबार तारा एयरले सफल परीक्षण उडान गरेको छ । यो विमानस्थलको आज औपचारिक उद्घाटन हुँदैछ ।

आइतबार तारा एयरको ९एन–एकेएल जहाजले आइतबार बिहान पौने १० बजे नेपालगन्जबाट कालीकोटको सुनथरालीमा सफल अवतरण गरेको थियो । कुल ३०८ रोपनी क्षेत्रफलमा बनेको यो विमानस्थलको धावनमार्ग ६४० मिटर र चौडाई २० मिटर रहेको छ ।

७ हजार फिट उचाईमा रहेको यो विमानस्थलको धावनमार्ग कालोपत्रे सम्पन्न भएको लामो समय सम्म पनि जहाज नउडेपछि आलोचना भइरहेको थियो ।
कालीकोटमा २०४० को दशकबाटै विमानस्थल निर्माण थालिएको हो । माओवादीले थालेको युद्धको समयमा यस विमानस्थल निर्माणमा खटिएका ३६ जना मजदुरलाई तत्कालिन हाही नेपाली सेनाले मारेका थियो । सोहीकारण यो विमानस्थलसँग स्थानीयको भावनात्मक सम्बन्ध समेत रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here