कतारका राजालाई नेपालले हात्तीका छावा उपहार दिने तयारी

काठमाडौं । कतारका राजा (अमिर) शेख तमिम हमाद अल थानीलाई नेपाल भ्रमणमा दौरान नेपालले हात्तीका छावा उपहार दिने तयारी गरेको छ । कतारी राजाले आगामी मार्च तेस्रो सातादेखि एप्रिल पहिलो साताको बीचमा नेपाल भ्रमणको तयारी गरिरहेको समाचार सार्वजनिक भएको छ । सोही भ्रमणका दौरान उनलाई नेपालले हात्तीका दुई वटा छावा उपहारमा दिने भएको हो ।

बीबीसी नेपाली सेनाका अनुसार कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको भ्रमणमा दुई देशबीच ऐतिहासिक तथा दीर्घकालीन महत्त्वका समझदारीहरू हुँदै छन् । कतारी अमिरलाई नेपालले दुई वटा हात्तीका छावा दिने भएको छ ।

केही वर्षअघि नेपालले कतारलाई नेपालमा पाइने एक प्रकारको बाज उपहार दिने प्रस्ताव गरेको थियो। त्यस बेला कतारी राजदरबारले त्यसलाई स्वीकार गरे पनि नेपालमै मन्त्रालयहरूबीच समन्वय नहुँदा उक्त योजना असफल भएको समाचारमा जनाइएको छ ।

यसपालि भने नेपालले कतारी चिडियाखानाका लागि दुईवटा छावा उपहार दिन लागेको बुझिएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका प्रवक्ता वेदकुमार ढकाललाई उदृत गर्दै बीबीसीले जनाए अनुसार चितवनको प्रजनन केन्द्रबाट दुईवटा हात्तीका छावा दिने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here