सामाजिक अभियान्ता सबिता उप्रेती ‘लक्ष्मण राजबंशी’ पुरस्कारबाट सम्मानित

काठमाडौ । ‘लक्ष्मण राजबंशी पुरस्कार २०२४’बाट अटिजम विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र (SSDRC)कि संस्थापक तथा अध्यक्ष , सामाजिक अभियान्ता सबिता उप्रेती सम्मानित हुनु भएको छ ।

नेपालकै प्रतिष्ठित विद्यालय एल.आर.आई स्कुलले स्व. लक्ष्मण राजबंशीको नामबाट स्थापना गरिएको “लक्ष्मण राजबंशी पुरस्कार २०२४” स्कुलको ३६ औं स्थापना दिवसको अवसरमा उप्रेती लगाएत शिक्षा क्षेत्रमा योगदान पुर्याउनु हुने अन्य तीन वटा बिद्यालयको प्रधानध्यापकहरुलाई नगद रु पच्चीस हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको छ ।

सबिता उप्रेती नेपालमा विगत तेह्र बर्ष देखि बिशेष स्कुल तथा पुर्नस्थापना केन्द्र (SSDRC) स्थापना गरि अटिजम बालबालिकाहरुको सेवामा आफ्नो सम्पुर्ण जीवन समर्पित गरेकी छन । हाल यस संस्थाको काठमाण्डौ नरेफाँट,गोठाटार र भक्तपुर ताथलीमा सहित तीन वटा शाखा संचालन गरि ६० जना बालबालिका तथा किशोर किशोरीहरुलाई बिशेष शिक्षा र थेरापी सेवाहरु प्रदान गरिदै आईरहेकी छन ।

काठमाडौं स्थित कलंकीमा रहेको लर्निङ रिलम इन्टरनेसनल स्कुलले स्थापना दिवसको प्रमुख अतिथिमा भारतीय दूतावास स्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रको निर्देशक डा.अश्‍वरी बापटलाईबाट सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा विभिन्न विधामा शिक्षक,कर्मचारी,विद्यार्थी साथै समाजमा प्रतिष्ठित व्यक्तिहरुलाई समेत अवार्ड प्रदान गरेको थियो ।

विद्यालयका प्राचार्य देवकान्त जोशीले विभिन्न कठिनाइ चिर्दै विद्यालय यहाँसम्म आइपुगेको बताएका थिए । करिब १ सय विद्यार्थी बाट भाडाको घरमा सुरुवात गरेको विद्यालय अज ३ हजार विद्यार्थी सहित आफ्नै भवनमा आइपुग्नुमा अभिभावकको अपार माया र विश्वास साथै शिक्षक कर्मचारीको मिहेनत रहेको भन्दै जोशीले धन्यवाद दिएका छन् ।

स्थापना दिवसको अवसरमा स्कुलका संस्थापक शिवराज पन्तका गुरु लक्ष्मण राजबंसीको स्मरण गरिएको थियो । लक्ष्मण राजबंशी सिद्धार्थ वनस्थली संस्थानका संस्थापक प्रधानाध्यापक तथा प्रतिनिधिसभाका संसदका सदस्य थिए।

कार्यक्रममा विभिन्न स्वदेशी तथा विदेशी नृत्य,बाजा तथा संगीत प्रस्तुत गरिएको थियो ।कार्यक्रममा चिनियाँ,जापानी,भेतनामी, कोरियाली लगायत देशका प्रतिनिधिहरुको उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here