७० लाख बराबरको लत्ताकपडासहित ट्रक नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरीले शंकास्पद बिलबीजक भएको ७० लाख रुपैयाँबराबरको लत्ताकपडा र ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना८ख ३९७८ नम्बरको ट्रकमा लोड गरी ल्याइँदै गरेको लत्ताकपडाको बिलबीजक शंकास्पद देखिएपछि प्रस्तावित सीमा सुरक्षा गुल्म अलौले ट्रकसहित नियन्त्रणमा लिएको हो ।

लत्ताकपडाको ७० लाख र ट्रकको अन्दाजी मूल्य ४० लाख रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीका निम्ति राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here