प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको नाराबाजी, सदन स्थगित

काठमाडौं । विवादित मन्त्रीहरुका सम्बन्धमा स्पष्ट रुलिङको माग गर्दै विपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक अवरोध गरेका छन् । अवरोधपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका हुन् ।

उनीहरूले विवादित तीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र पर्यटनमन्त्री सुदन किराँतीलाई पदमा बस्ने नैतिक अधिकार नभएको अडान राखेका छन् । एमाले सांसद गोकुल बास्कोटाले तीन मन्त्रीको राजीनामा नआए प्रधानमन्त्रीको जवाफसँगै बर्खास्त गर्नुपर्ने माग गरे ।

रास्वपाका सभापति रवि लामिछानेले विवादित मन्त्रीहरुको सम्बन्धमा दिन, घण्टा र मिनेट तोकेर रुलिङको माग गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here