संसद भवन परिसरभित्र प्रवेश गरे लघुवित्त पीडितहरू

काठमाडौं । संसद भवनमा बैठक चलिरहेकै बेला लघुवित्तका ऋणीहरुले संसद भवन भित्री परिसरमा पुगेर नाराबाजी गरेका छन् । लघुवित्तको ऋण तिर्न नसकेर समस्यामा परेका र पैदल हिंडेर काठमाडौंमा आन्दोलन गर्न आएका ऋणीहरु सोमबार संसद् भवनभित्रै प्रवेश गरेका हुन् ।

उनीहरूले कालोसूची तथा धितो लिलाम फुकुवा गर्नुपर्ने, समाजवादी अर्थतन्त्रको विकास गर्नुपर्ने, गरिब किसानहरूलाई नि:शुल्क ऋण प्रदान गर्नुपर्ने जस्ता माग राखेर प्रदर्शन गर्दै आइरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here