भजन शिरोमणी भक्तराज आचार्यको निधन

काठमाडौं । प्रख्यात गायक भक्तराज आचार्यको सोमबार निधन भएको छ। घरमै अस्वस्थ भएपछि उपचारका क्रममा ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा भजन शिरोमणीको रुपमा प्रसिद्ध ८२ वर्षिय संगीतकार आचार्यको बाटोमा निधन भएको थियो ।

उनको पार्थिव शरिरलाई मंगलबार बिहान ९ बजे नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिने र ११ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएको छ । ८२ वर्षीय भक्तराजका दुई छोरा सत्य-स्वरुप आचार्य पनि नेपाली गीतसंगीतका लोकप्रिय गायक हुन्।

थुप्रै गीत तथा भजन गाएका भक्तराजलाई भजन शिरोमणिका उपमाले पनि चिनिन्छ।

बुबा बलभद्र र आमा रेनुकाको कोखबाट वि.सं. १९९९ साल असोज १६ मा जन्मिएका भक्तराजले ‘संगीत प्रभाकर’ सम्म अध्ययन गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here