संसद भवन परिसरबाट पक्राउ परेका लघुवित्त पीडितलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । सोमबार दिउँसो नयाँ बानेश्वरस्थित निषेधित क्षेत्रबाट संसद् भवन परिसरमा छिरेका ४९ जना लघुवित्त पीडितहरूलाई मुद्दा चलाइने भएको छ।

उनीहरूविरुद्ध मुद्दा अघि बढाउन मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ४८ जना महिला र एकजना पुरुष आन्दोलनकारीलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो।

पक्राउ परेका उनीहरूलाई काठमाडौंस्थित नयाँबानेश्ववरसहित विभिन्न प्रहरी वृत्तको हिरासतमा राखिएको छ।

सोमबार दिउँसो ऋणीहरूले प्रहरीको आँखा छलेर संसद भवनभित्र पसेका थिए। भवनको परिसरमा पुगेर उनीहरूले न्याय माग गर्दै नाराबाजी गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here