कुशल भुर्तेल लगातार ‘डक आउट’

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा पनि कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका छन् । उनी भिभियन किंग्माको चौथो बलमा एज लागेर विकेट किपरबाट क्याच आउट भएका हुन् । । पहिलो खेलमा नामिवियाविरुद्ध पहिलो बलमै एलबीडब्लू आउट भएका थिए ।

एकदिवसीय सिरिजको पहिलो खेलमा कुशल नामिबियाविरुद्ध इनिङकै पहिलो बलमा आउट हुने क्रममा रोयल डक भएका थिए। त्यसपछिका तीन एकदिवसीय खेलमा कुशलले नेदरल्यान्ड्सविरुद्ध २८ रन, नमिबियासँग १८ रन र नेदरल्यान्ड्सविरुद्ध ६६ रन जोडेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here