काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको चौंथोदिन नेप्से परिसूचक ०.८७ अंकले बढेर २०००.७७ विन्दुमा पुगेको हो ।
यसदिन ३०८ कम्पनीको २ अर्ब ३ करोड ८१ लाख ९७७ रुपैयाँ बराबरको ५१ लाख १५ हजार ६५८ कित्ता शेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये ६ वटा बाहेक अरु सबै समूहको परिसूचक बढेको छ ।
आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको १२ करोड ६९लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ ।
घट्दो बजारमा आज ४ कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । बोटलर्स नेपाल बालाजु, बोटलर्स नेपाल तराई, विशाल बजा कम्पनी र बीपीडब्ल्यू लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
आज सामलिङ पावरका शेयरधनीले सर्वाधिक ६.६६ प्रतिशत गुमाएका छन् ।