विश्वको सबैभन्दा मोटो बच्चा, उमेर १४ वर्ष तौल २ सय ७३ किलो

काठमाडौं । आज हामी तपाईंलाई विश्वकै सबैभन्दा मोटो बच्चाको बारेमा जानकारी दिन जाँदै छौं, जसको उमेर १४ वर्ष हो तर उसको तौल २ सय ७३ किलो सम्म थियो ।

यो बच्चाको नाम माहिर हो । हाम्रै छिमेकी राष्ट्र भारतमा जन्मिएको यो बच्चा दिल्लीमा बस्छ ।

परिवारका सदस्यहरुको अनुसार माहिर जन्मदा सामान्य बच्चा जस्तै २.५ किलोको मात्रै थियो । तर उसको उमेर सङ्गै उसको तौंल पनि अस्विभावीक रुपमा बढ्दै गयो ।

माहिर ५ वर्षको हुँदा उसको तौल ६० देखि ७० किलोको बिचमा थियो । तर, ऊ १४ वर्षको हुँदा उसको तौल २ सय ७३ किलो पुग्यो ।

सन् २०१० मा जब माहिरका आमा बुबाले उसको अप्रेशन गरेर तौल घटाउने सोँचले हस्पिटल लगे पहिलो पटक त डाक्टर पनि डराएका थिए ।

त्यो समयमा कम उमेर भएको भन्दै उसको अप्रेशन गर्न डाक्टरहरु मानेका थिएनन् ।

माहिर तौल कम गर्नको लागि अप्रेशन गरिएको संसारकै सबैभन्दा कम उमेरको मानिस हो । (एजेन्सी)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here