बंगलादेशको व्यवसायिक भवनमा आगलागी, ४३ जनाको मुत्यु

एजेन्सी । बंगलादेशको राजधानी ढाकाको बेलिरोड क्षेत्रमा एक व्यापारिक भवनमा आगलागी भएको छ ।

बीबीसीका अनुसार बिहीबार राती १० बजे राजधानी ढाकाको भवनमा भएको आगलागीमा परेर ४३ जनाले ज्यान गुमाएका छन् भने २० जना घाइते भएका छन् ।

आगलागी भएको भवनमा लत्ताकपडाका देखी मोबाइल पसल तथा रेष्टुरेन्टहरू भएको बताइएको छ । आलो ग्यास चुहिएर अथवा स्टोभबाट सल्केको अनुमान गरिएको छ । १३ वटा दमकल प्रयोग गरी २ घन्टा लगाएर आगो नियन्त्रणमा लिइएको रोयटर्सले उल्लेख गरेको छ।

आगलागीको घटनालाई अनुसन्धान गर्न बंगलादेश सरकारले पाँच सदस्यीय छानबिन समिति बनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here