त्रिकोणात्मक टी-२० आई सिरिजमा नामिबियामाथि नेपालको जित

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपाल बिजयी भएको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेपालले नामिबियालाई ३ रनले हराएको हो । नेपाललाई नेपाल फाइनल प्रवेशका लागि आजको खेल जित्नै पर्ने थियो । सिरिजमा नेपाल, नेदरल्याण्डस र नामिबिया छन्।

नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर नेपाललाई ब्याटिङको निम्ता दिएकोमा नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० लक्ष्य दिएको थियो ।

जवाफमा नामिबियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७७ रन मात्रै बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here