बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई शनिबार बाहेक कुन महिनामा कति दिन बिदा ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीका लागि २०८१ मा दिइने बिदाको सूची सार्वजनिक गरेको छ।

राष्ट्र बैंकले सार्वजनिक गरेको सूचना अनुसार शनिबार बाहेक कुल ३५ दिन (दशैंतिहार सहित) बैंक तथा वित्तीय संस्थाहरु आंशिक वा पूर्ण रुपमा बन्द हुने छन् ।

वैशाख १ देखि कात्तिक १५ गते र माघ १६ देखि चैत मसान्तसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसमम्म कार्यालय समय र बिहान १० बजेदेखि साँझ ४ बजेसमम बैंकिङ कारोबार समय हुने राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै, कात्तिक १६ देखि माघ १५ गतेसम्म कार्यायल सयम १० बजेदेखि ४ बजेसम्म र बैंकिङ समय १० बजेदेखि ३ बजेसम्म हुनेछ ।

शुक्रबार भने कार्यलय समय १ः३० सम्म र बैंकिङ समय १२ः३० सम्म हुने राष्ट्र बैंकले जनाएको छ ।