रेणुको निम्तोमा भरतपुर पुगेर ओलीले भने-‘चितवनमा पर्यटनको प्रचुर सम्भावना छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा पर्यटनको प्रचुर सम्भावना रहेको बताएका छन् ।

शुक्रबार भरतपुर महानगरपालिकाको भ्रमण वर्ष उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने बताए। उनले चितवनलाई शिक्षा, स्वास्थ्य र कृषिको हब बनउनुपर्ने बताए।

उनले कृषि क्षेत्रमा देशलाई बाटो देखाउने कुरामा पनि भरतपुर महानगरले पहल गर्नुपर्ने बताए। उनले आफूले कोशी, नारायणी, कर्णालीलगायतका नदीको प्रयोग गरेर नदीको बाटोबाट कोलकता बन्दरगाह जाने र बंगालसँग जेड्न सकिने कुरालाई अघि बढाएको स्मरण गरे।

उनले चितवनमा औद्योगिक क्षेत्रको सम्भावना पनि प्रचुर रहेको जिकिर गरे। उनले चितवनको विकासमा आफ्नो पार्टी सहयोग गर्न तत्पर रहेको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here