फ्रेन्च लीगमा गोल गर्दै सावित्राले बनाइन् इतिहास

काठमाडौं । नेपाली फुटबल स्टार सावित्रा भण्डारी साम्बाले फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा डेब्यु गोल गर्दै इतिहास रचेकी छिन् । इए गुइगाम्पका लागि खेलिरहेकी सावित्राले शनिवार लिल विरुद्धको खेलमा गोल गरेकी हुन् ।

युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी सावित्राले चौथो खेलमा गोल गरेकी हुन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी सावित्राले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २–० को जित दिलाउन योगदान दिइन् । गुइगाम्पका लागि पहिलो गोल एन्टोनिए स्टारोभाले ५२औं मिनेटमा गरेकी थिइन् । भर्खरै साउदी अरेबियामा सम्पन्न वाफ वुमन्स च्याम्पियनसिपमा नेपालका लागि खेल्दै उनी फ्रान्स फर्किएकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here