नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नयाँ शाखा पानीपोखरीमा

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

सोमबार एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सोमबार नयाँ शाखा उ‌द्घाटन गरे।

यससँगै बैंकका शाखा संख्या २७० पुगेका छन्। सो अवसरमा सिइओ पाण्डेले बैंकले आफना ग्राहकको आवश्यकता बुझेर सो अनुरुप सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गरे ।