नयाँ सरकार गठन पश्चात बजारमा लगातार दोस्रो सर्किट

काठमाडौं । नयाँ सरकार गठन पश्चात सोमबार सेयर बजारमा लगातार दोस्रो सर्किट ब्रेक लागेको छ । सेयर बजार ९८ दशमलव ६९ अंकले बढेर आजै दोश्रो पटक कारोबार स्थगित भएको छ ।

बजार खुलेको ३ मिनेटमै नेप्से परिसुचक ४ प्रतिशतले बढेर स्थगित भएको थियो। फेरी २० मिनेटपछी खुलेकोमा ५ प्रतिशतले बढेर दोश्रो सर्किट लागेको हो।

कारोबार सुरु भएको पहिलो १ घण्टाभित्र ४ प्रतिशतले कारोबार बजार बढेमा वा घटेमा सर्किट ब्रेक लाग्छ । त्यसपछि खुलेको बजारमा ५ प्रतिशत घटेमा वा बढेमा दोस्रो सर्किट ब्रेक लाग्छ ।

दोस्रो सर्किट लाग्दासम्म २६ करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here