तेस्रो पटक सर्किट लागेपछी सोमबारका लागि सेयर बजार बन्द

काठमाडौं । लगातार तेस्रो पटक सर्किट लागेर सेयर बजारमा सोमबारका लागि बन्द भएको छ । नेपाल स्टक एक्सचेन्जमा कारोबार खुलेसँगै निरन्तर अप्पर सर्किट लागेपछि बजार बन्द भएको हो ।

११ बजेदेखि खुलेको बजारमा एक घण्टाको अवधिमा तेश्रो पटक अप्पर सर्किट लागेको छ । नेप्से ११७ दशमलव ७ अंकले बढेर २०७८ विन्दुमा पुगेको छ।
सत्ता गठबन्धन फेरिएसँगै सेयर लगानीकर्ताबीच उत्साहदेखिदा त्यसको प्रभाव बजारमा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here