तीन नवनियुक्त मन्त्रीले लिए शपथ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच सत्ताा सहकार्य गर्ने सहमति भएपछि प्रधानमन्त्रीले बहालवाला सबै मन्त्री बर्खास्त गरेका थिए ।

यसैबीच प्रम प्रचण्डले नयाँ समीकरणमा सहभागी दलहरुसँगको सहमतिमा ४ सदस्यीय मन्त्रिपरिषद बनाएका छन् । जसमा नेकपा एमालेका पदम गिरी, आफ्नो दल नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई मन्त्री नियुक्त गरेका छन् ।

तीनै जनाले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने पछी तोकिने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here