अरुण नदीमा जीप खस्यो, ६ वेपत्ता

संखुवासभा । संखुवासभाको खाँदबारीबाट धरानतर्फ आइरहेको एक जीप अरुण नदीमा खसेर वेपत्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार को १ ज ३७४९ नम्बरको बलेरो मंगलबार राती धर्मदेवी नगरपालिका–८ स्थित अक्कर भीरबाट नदीमा खसेको हो ।

जीपमा ६ जना रहेको बताइएको छ । संखुवासभाको सदरमुकाम खाँदबारीबाट बिरामी बच्चालाई थप उपचारका सिलसिलामा धरान लैजाँदै गर्दा एकै परिवारका तीनजना सहित ६ जना उक्त जीपमा सवार रहेको कार्यालयले जानकारी दिएको छ ।

संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय छोरालाई थप उपचारका लागि धरानतर्फ आउँदै गर्दा दूर्घटनामा परेको हो । लगातारको वर्षाले अरुण नदीमा पानीको वहाव बढेको र धमिलो पानीले उद्धारमा समस्या भइरहेको प्रहरीको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here