उच्च अंकले घट्यो नेप्से, सोनापुरको सर्वाधिक कारोबार

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार एकैदिन ११७ अंकले बढेको नेप्से आज ७० अंकले घटेको हो । साताको कारोबारको तेस्रोदिन नेप्से परिसूचक ७०.३१ अंकले घटेर २००७ ६९ विन्दुमा पुगेको हो ।

यसदिन ३१६ कम्पनीको ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार ९५८ रुपैयाँ बराबरको १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता शेयर किनबेच भएको छ ।

आज कारोबारमा आएका १३ वटा उपसमूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक राताम्मे भएको छ । हाइड्रोपावर, व्यापार र उत्पादनमूलक समूहको परिसूचक ४ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज सोनापुर सिमेन्टको सर्वाधिक कारोबार भएको छ । यसको ४१ करोड ९१ लाख रुपैयाँ बढीको ८ लाख ५० हजार ४५१ कित्ता शेयर किनबेच भएको छ ।

घट्दो बजारमा आज ग्लोबल आइएमई लघुवित्तका शेयरधनीले सर्वाधिक ८.७३ प्रतिशत कमाएका छन् भने बोटलर्स नेपाल बालुको शेयर धनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here